समाचारको प्रभावः बल्ल खाद्यन्न पुग्यो

खड्क सुनार
मुगु, २२ मंसिर (जागरण) । मुगुको सोरु गाँउपालिकामा पाँच महिनासम्म खाद्यन्न नपुगेको भन्ने समाचार कर्णाली रैबारमा प्रशारण भएपछि बल्ल खाद्यान्न पुगेको छ ।
बार बार समाचार प्रशारणपछि १० दिन भित्रै खाद्यान्न पुगेको हो । नेपाल सरकारबाट उपलब्ध गराउने खाद्यान्न ठेकादारले समयमा नै ढुवानी नगरेपछि स्थानीयहरु बजारबाट चर्को मूल्य तिरेर खाद्यान्न उपभोग गर्न बाध्य रहेका थिए ।
गमगढीबाट सोरुकोट डिपो सम्मको लागि ४० क्वीन्टल खाद्यान्न ढुवानीको जिम्मा लिएका जुम्लाको कनकसुन्दरी ३ बस्ने ठेकादार सर्जन बुढाले अहिले २ सय ४० भन्दा बढी खाद्यान्न सोरुकोट डिपोमा स्टक रहेको नेपाल खाद्य संस्थान नेपाल मुगु शाखाका लेखापाल पुस्कर भामले जानकारी दिनु भयो । उहाका अनुसार अन्य बाँकी खाद्यन्न नियमित ढुवानी भैरहेको छ ।
चार पाँच दिनमा सबै खाद्यान्न पु¥याउने लक्ष्य रहेको ठेकादार बुढाले बताउनु भएको छ ।