सुर्खेतमा आमसञ्चार प्रतिष्ठान गठन गरिने (अडियोहित)

कृति सुवेदी
सुर्खेत, २३ मंसिर (जागरण) । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आमसञ्चार प्रतिष्ठान गठन गरिने भएको छ ।
सञ्चार माध्यमको प्रवद्र्धन र विकासका लागि प्रदेश स्तरिय आमसञ्चार प्रतिष्ठान गठन गर्न लागिएको हो ।
हिजो राजधानी सुर्खेतमा आयोजना गरिएको समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गदै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेस भण्डारीले सञ्चार क्षेत्रको विकासका लागि प्रतिष्ठान गठन गर्न लागिएको जानकारी दिनुभयो ।
सञ्चार क्षेत्रको विकासका लागि कर्णाली सरकार शुरुवातदेखि लागेको भन्दै पत्रकार दुर्घटना बिमाको शुरुवात गरिएको बताउनुभयो । उहाले पत्रकारितामा मास्टर्स गर्नेका लागि छात्रवृत्तिको आवेदन आव्हान गर्ने तयारीमा रहेको बताउनुभयो ।
मन्त्री भण्डारीले संघियता र लोकतन्त्र ल्याउनमा सञ्चारमाध्यमको भुमीका महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनका लागि पनि संचारमाध्यमको भुमीका अझै बढेको बताउनुभयो ।
उहाले सञ्चारमाध्यमको संरक्षणका लागि कर्णाली सरकार लगिरहेको भन्दै जनताको चेतनाको स्तर माथी उठाउन अलि धेरै मेहनत गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अन्य सहभागिहरुले पनि आफ्नो धाराणा प्रस्तुत गरेका थिए ।