भेरीको फोहर पानी पिउन बाध्य छन् नागरिकहरु

कालि बहादुर थापा÷नन्द कठायत
जाजरकोट÷सुर्खेत, २३ मंसिर (जागरण) । जाजरकोटको छेडा बजारमा खानेपानीको बषैं देखि हाहार हुदै आएको छ । जिल्ला भित्रिने मुख्य प्रवेशद्वार मानिएको छेडाबजारमा अहिले खानेपानीको अभाव देखिएको छ ।
जाजरकोट र सुर्खेत जिल्लाको सिमानामा रहेको शिवालय १मा दैनिक चहलपलह हुने छेडाबजार छिन्चु –जाजरकोट – डोल्पा सडक खण्डको चर्चित ठाउँ भए पनि यहाँ खानेपानीको अभाब छ ।
वषांै देखि भेरी नदीको फोहर पानी प्रयोग गर्दै आएको स्थानीयको भनाई हरको छ ।
जिल्लाको मुख्य व्यापारिक नाका रहेको बजारमा खानेपानीको अभावमा भेरी नदीको पानी उपभोग गर्दै आएको स्थानीय व्यापारी जगत बुढाले बताउनुभयो ।
गाउँ नजिकै खानेपानीको मुहान नहुँदा भेरी नदीको पानी पिउन बाध्य भएको अर्का स्थानीय दुर्गा आचार्यले बताउनुभयो । .
हिउँदमा भेरी नदीको पानी सफा भए पनि वर्षामा धमिलो पानी छानेर पिउनुपर्ने बाध्यता रहेको आचार्यको भनार्य रहेको छ । पानीकै कारण दैनिक व्यवसाय सञ्चालन गर्न समस्या हुने गरेको आर्चायले बताउनुभएको समाचार रेडियो खलङ्गाबाट कालि बहादुर नेपालीले पठाउनुभएको छ ।
यता, सुर्खेतको पञ्चपुरी नगरपालिकाका नागरिक भेरी नदिको दुुषित पानि खान बाध्य भएका छन् । एक सय भन्दा बढी घरदुरी रहेको वडा नम्बर १० दश बच्छी गाउँका नागरिक विगत २०२८ साल देखि भेरीको दुषित पानि खान बाध्य भएका हुन् ।
नागरिकले पटक–पटक स्थानिय सरकार सँग पहल गर्दा पनि स्थानिय सरकारले त्यसमा चासो नदिएको वडा नम्बर दशका स्थानिय कृष्ण बहादुर खत्रीले कर्णाली रैबारलाई बताउनुभयो ।