जनताको सुझावः साक्षर प्रदेश बनाउन हिमाली जिल्लामा ध्यान देऊ (अडियोसहित)

सुर्खेत, २३ मंसिर (जागरण) । दुई वर्षभित्र कर्णालीलाई साक्षर घोषणा गर्ने सरकारी योजना छ । तर प्रदेश सरकार र स्थानीय तहले सबैलाई साक्षर बनाउने कुनै योजना तयार पारेका छैनन् । साबिक कर्णालीका ५ जिल्लामा साक्षरता न्यून छ । कठिन भूगोल, रुढिवादी सामाजिक मान्यता र विपन्नताले कर्णालीवासीले सहजै शिक्षा आर्जन गर्न पाएका छैनन् । हिमाली जिल्ला डोल्पा र हुम्लाका भोटे समुदायलाई साक्षर बनाउन चुनौतिपूर्ण छ । माथिल्लो डोल्पा र हुम्लाका भोटे समुदायले अक्षर चिन्नेभन्दा पनि अन्य कुरामा धेरै ध्यान दिन्छन् । यसैकारण पनि साक्षर घोषणा अभियान सफल हुनेमा आशंका बढेको हो । जनताको सुझाव यस्तो छः सुन्नुहोस् अडियो……