मानवाधिकारको उल्लंघन हुन नदिने प्रधानमन्त्रीको प्रतिवद्धता, कर्णालीमा केछ अवस्था ? (अडियोसहित)

काठमाडौं, २५ मंसिर (जागरण) । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवाधिकारको उल्लंघन हुन नदिन र भएमा त्यसको अनुसन्धान गरी दोषी देखिएकालाई कानुनको दायरामा ल्याउन तथा पीडितलाई क्षतिपूर्ति एवं न्याय दिलाउन सरकार सक्रिय रहेको बताउनुभएको छ ।
विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले मानवअधिकार सरकारको प्रतिबद्धताको मात्र विषय नभइ आस्था र निष्ठाको विषय पनि भएकाले मानवाधिकार संरक्षण तथा प्रवर्द्धनको प्राथमिक जिम्मेवारी सरकारको रहेको बताउनुभयो ।

यसै सन्दर्भमा कर्णालीमा मानव अधिकारको अवस्था के छ ? लामो समयदेखि अधिकारका विषयमा वकालत गर्दै आएको इन्सेक नेपालका बिन्दुलाल रेग्मीसँग सहकर्मी कृति सुबेदीले कुराकानी गर्नुभएको छ ।