टेकराज केसी
सुर्खेत, २६ मंसिर (जागरण) । दैलेख घर भई हाल सुर्खेतमा बस्दै आएका नवराज ओलीलाई २५ लाख लट्री परेको भन्दै पटक पटक गरि तिनपटकसम्म ९८०३८०७१०२ नम्बरबाट इमोमा फोन आयो । पटक पटक फोन आएपछि नबराजले फाने रिसिभ गर्नुभयो । हिन्दीमा बोल्दै एकजनाले तपाईलाई लट्री परेको बताए । नागरिकता र अन्य डकुमेन्ट पठाउने भनियो । लगत्तै नवराजले इमोमा नै डकुमेन्ट पाठाउनुभयो । उताबाट लगत्तै फोन आयो । हिन्दीमा कुरा गर्न नजानेका नवराजले आफ्नो साथी प्रकास ओलीलाई कुरा गर्न लगाउनुभयो । २५ लाख रकम लट्री परेको बताउने उनले ३० हजार रकम ट्याक्सको रुपमा जम्मा गर्नुपर्ने बताए । यो सुन्नुहोस्
त्यतीकैमा नवराजको साथीले ठगि हुन सक्ने भन्दै सचेत बनाउदै मिडियामा जान आग्रह गरेको वली बताउनुहुन्छ ।
पछिल्लो समय भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने गिरोह नेपालमा सक्रिय रहेको भन्दै प्रहरीले त्यस्ता प्रलोभनमा नफस्न आग्रह गरेको छ । आजै मात्र प्रहरीले तिनजनालाई काठमाडौँबाट पक्राउ गरेको छ ।