विकासका योजना बनाउदा दिगो बनाउन कर्णालीका नागरिकहरुको सुझाव (अडियोसहित)

सुर्खेत, २७ मंसिर (जागरण) । विकासका योजना बनाउदा दिगो बनाउनुपर्ने कर्णालीका नागरिकहरुले सुझाव दिएका छन् ।
उनिहरुले विकासका नाममा झारा टार्ने काम मात्र गर्दा सरकारले लिएको दिगो विकास लक्ष पुरा नहुने समेत बताएका छन् ।
कर्णाली रैबारसँग कुरा गर्दै उनिहरुले विकासका नाममा भष्ट्रचार र क्षणिक स्वार्थमा गरिने विकास टिकाउ हुन नसक्ने भन्दै सरकार गम्भिर हुन आग्रह गरेका हुन् ।
सुर्खेतका उमादन्त ढकालले समयमै काम गर्न सुझाव दिदै अध्यन गरेर मात्र योजना बनाउन सुझाव दिनुहुन्छ ।

जुम्ला तातोपानी गाउँपालिका भक्त िप्रसाद न्यौपानेले नामको मात्र दीगो भनेर नहुने भन्दै काम पनि दीगो हुने खालका गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, सुर्खेतकी पार्वती चालिसेले भ्रष्ट्राचार अन्त्य नभएसम्म दिगो विकास लक्ष हासिल गर्न नसकिने भन्दै पहिला भ्रष्ट्रचारीलाई कारवाही गर्न सुझाव दिनुभयो ।

दिगो विकास लक्ष्यहहरूको उद्देश्य सन् २०३० सम्ममा गरिबीको अन्त्य गर्नु हो । विश्वका नेताहरूले मानिस, पृथ्वी र समृद्धिका लागि एक कार्ययोजना तयार गरेका छन् ।
चरम गरिबी लगायत गरिबीका सबै स्वरूप तथा आयामहरूको उन्मूलन गर्नु विश्वको सबैभन्दा ठूलो चुनौती रहेको छ र दिगो विकासका लागि गरिबीको अन्त्य एउटा अपरिहार्य आवश्यकता बनेको छ ।
नेपालले पनि गरिबी शुन्यमा झार्नेगरी दिगो विकासको लक्ष पुरा गर्नेगरी हस्ताक्षर गरेको छ ।
यता, स्थानीय सरकारहरुले भने आफुहरुले टीकाउ हुने विकासलाई जोड दिएको भन्दै त्यहीअनुसार काम भइरहेको बताएका छन् ।