अनलाइन सिस्टमबाट अध्यापन गराउने तयारीमा सुर्खेत भेरीगंगा (अडियोसहित)

टेकराज केसी

सुर्खेत, २७ मंसिर (जागरण) । सुर्खेत भेरीगंगाका नगरपालिकाले शिक्षाको गुणस्तर कायम राख्न सामुदायिक विद्यालयमा अनलाइन सिस्टमबाट अध्यापन गराउने भएको छ ।
शिक्षालाई प्रविधिमा जोड्नुपर्ने भन्दै अनलाईन सिस्टमबाट अध्यापन गराउन लागिएको हो ।
नगरपालिकामा रहेको शिक्षक अभाव हटाउन र शिक्षालाई नवप्रवद्र्धन गर्न यस्तो कक्षा लागु गर्न लागिएको नगरपालिका शिक्षा शाखा अधिकृत टेकपाल परियारले कर्णाली रैबारलाई बताउनुभयो ।

पहिलो चरणमा ५ वटा विद्यालयलाई छनौट गरिएको भन्दै यो सफल भए सबै विद्यालयमा लागु गरिने उहाले जानकारी दिनुभयो ।
विशेष गरी सामुदायिक विद्यालयको विश्वस्नीयता बढाउनुपर्ने भन्दै कक्षा १० को प्रमुख विषयलाई प्राथामीकतामा राखिएको उहाले जानकारी दिनुभयो ।

नगरपालिकाको शिक्षा शाखामा नै बसेर पाँचवटै विद्यालयमा एकैचोटी अडियो भिडियोमा अध्यापन गराउने गरि कामको थालनी गरिएको उहाले बताउनुभयो ।

परियारले शिक्षालाई पनि प्रविधिमा जोड्न सक्नुपर्ने भन्दै यसबाट विद्यार्थीहरुको रुची बढ्ने हुँदा गुणस्तर कायम हुने दाबी गर्नुभयो ।

नगरपालिकामा अहिले ५१ वटा सामुदायि विद्यालय र १३ वटा नीजि विद्यालय रहेका छन् । शिक्षा क्षेत्रको सुधारका लागि नगरपालिकाले १ करोड रकम विनियोजन गरेको छ ।