सुर्खेतलाई भोली पुर्ण खोपयुक्त जिल्ला घोषणा गरिँदै

सुर्खेत, २९ वैशाख (जागरण) । सुर्खेत जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने भएको छ । भोली (आईतबार) सुर्खेतलाई नेपालको ४३ आँै खोपयुक्त जिल्लाको रुपमा घोषणा गर्न लागिएको हो । ।
२०७० चैत २६ गतेदेखि सुरु भएको खोपयुक्त घोषणा अभियान जिल्लाका ९ वटै स्थानीय तहका वडाहरुलाई पूर्ण खोपयुक्त वडा घोषणा गरिसकेपछि जिल्ला खोप समन्वय समितिले पर्सी घोषणा गर्ने भएको हो ।
जिल्लामा झण्डै साढे ८ हजार बालबालिकाले खोप पाए पछि सुर्खेतलाई खोपयुक्त जिल्ला घोषणा गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत जितलाल ढकालले जानकारी दिनु भयो । सुर्खेतलाई पूर्ण खोप घोषणा गर्न लागि सबै तयारी पुरा भएको समितिले जनाएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतित्थ्यतामा पूर्ण खोपयुक्त घोषणा गरिने प्रमुख ढकालले जानकारी दिनुभयो । सुर्खेतका करिब ९९ प्रतिशत शिसुहरु खोपको पहुँचमा पुगेको उहाँले बताउनु भयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख धिरजंग शाहले वीरेन्द्रनगरमा आयोजना गरिएको अन्तरक्रियामा कार्यक्रममा सबैको सहयोग र साझेदारीमा सुर्खेतलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सक्ने अवस्थामा आएकोे बताउनु भयो ।