सन् २०२० भित्र एक लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य (अडियो सहित)

पंखबहादुर शाही ।
सुर्खेत, २९ मंसिर (जागरण) । नेपाल भ्रमण वर्ष–२०२० भित्र कर्णाली प्रदेशमा मात्रै एक लाख बाह्य पर्यटक भित्र्याउने गरी काम गरिने भएको छ ।
संघिय सरकारको लक्ष्यअनुसार कार्यन्वयन गर्ने कर्णाली प्रदेश सरकारले प्रदेशमा बाह्य पर्यटकमात्रै एक लाख भित्र्याउने लक्ष्य लिएको हो ।
भ्रमण वर्षको शुभारम्भ सात ओटै प्रदेशहरुमा हुने कार्यक्रमअनुसार कर्णाली प्रदेश सरकारले राजधानीस्थित बुलबुले उद्यानबाट शुभारम्भ गर्ने तयारी गरेको छ ।


शुभारम्भ कार्यक्रमलाई सफल बनाउन बुलबुले क्षेत्रमा तयारी चलिरहेको कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सुचना अधिकारी शेरबहादुर रोकायले जानकारी दिनुभयो ।

रोकायको भनाई सुन्नुहोस्ः

शुभारम्भको समयमा बुलबुले उद्यानमा मञ्च व्यस्थापन, उद्यानमा सरसफाई, सजावटका साथै प्रवेशद्वार तथा पार्किङ्ग व्यवस्थापनको काम चल्दैछ । यस्तै -याली व्यवस्थापनका लागि पर्यटन प्रर्वद्धन समितिहरुलाई जिम्मा दिइने सुचना अधिकारी रोकायले बताउनुभएको छ ।

रोकायको भनाई सुन्नुहोस्ः

भ्रमण वर्षलाई सफल पार्न कर्णाली प्रदेशमा ३१ सदस्यीय पर्यटन प्रवद्र्धन समिति तथा विभिन्न उपसमिति गठन भएका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाको अध्यक्षतामा गठित समितिमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, पर्यटन व्यवसायी लगायतको प्रतिनिधित्व छ ।
पर्यटन विकास नै कर्णाली प्रदेशको विकास र समृद्धीको आधार भएकोले सरकार र निजी क्षेत्र मिलेर पर्यटन विकास गर्न सके प्रदेशको विकासमा टेवा पुग्ने अपेक्षा सरकारको छ ।
कर्णालीका रारा ताल, से–फोक्सुण्डो ताल, लिमी उपत्यका, त्रिपुरासुन्दरी, पञ्चकोशी, सिंजा, काँक्रेविहार लगायतका क्षेत्र विदेशी पर्यटकका लागि मुख्य गन्तव्य हुन् ।