जनता भन्छन्ः आफ्नै ठाउँको उत्पादनलाई जोड दिए महंगी घट्छ

सुर्खेत, २९ वैशाख (जागरण) । पछिल्लो समय निकै परिवर्तन देशमा भएपनि जनता भने महंगीको मारमा परेकै छन् । चाहे तरकारी पसल होस् चाहे खाद्य पसल वा कपडा पसल । जुनसुकै ठाउँमा पनि बढ्दो महंगीले गर्दा नागरिकहरु दिक्क छन् । यसै विषयमा हामीले बढ्दै गएको महंगीलाई नियन्त्रण गर्नका लागि के गर्नुपर्ला ? भनेर सोधेका छौँ । पढ्नुहोस्, जनताको आवाज जस्ताको तस्तै ।

प्रेम विक सुर्खेत । के गरी गराउने हामी दुखी गरिबलाई । नजिकै जान सय रुपैयाँ भाडा लाग्छ । हरेक चिजहरुमा महंगी छ । गरिबिहरुको त दिनै छैन । सरकारले की घटाउनु प¥यो की गरिब मार्नुप¥यो । हामीले राजश्व तिरेका हुन्छौँ । त्यो भन्दा हामीले के गर्न सक्छाैँ । सरकारले आफ्नै ठाउँमा उत्पादन गरेर हुन्छकी कि घटाउनु प¥यो ।

सिंहबहादुर थापा, दैलेख । महंगीलाई कमि गर्न चारै तिर पहल गरेर कसरी घटाउन सकिन्छ भने उपाय भनेर सरकारले ध्यानदिनुपर्छ । यही उत्पादन गर्नुपर्छ । सुनखानी, पेट्रोल खानी, तामा खानी, फलाम सबै यही छ । उत्पादन गरेर महंगी घटाउनुपर्छ ।

प्रेमबहादुर ओली, वीरेन्द्रनगर १५ रतु । मंहगीलाई कसरी कम भन्ने क्रममा पेट्रोलखानीदेखि ग्यास खानीसम्म यही छ । यही उत्पादन भयो भनेर महंगी घट्न सक्छ । चाइना इन्डियामाबाट समान आउँछ । यसलाई घटाएर यही उत्पादन गरेर महंगी घटाउनुपर्छ ।

खुमानसिंह सारु वीरेन्द्रनगर १४ । सरकारले व्यवस्था गर्नु पर्छ । जागिरेहरुको लागि त जागिर नै भइहाल्छ हामी कृषकहरुको लागि केही गर्नुपर्छ । जनताले राखेको कुरा सरकारले सुनाई गर्नुपर्छ र मंहगी कम गर्न सरकारले नै केही गर्नुपर्छ ।