प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता

सुर्खेत, २९ मंसिर (जागरण) । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच भेटवार्ता भएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा भएको भेटवार्तामा समसामयिक राजनितीक विषयवस्तुमा छलफल भएको छ ।


भेटवार्तामा प्रदेश सरकारले अहिलेसम्म गरेका कामहरुबारे मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख कलौनी समक्ष पेश गर्नुभएको छ ।
प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीसँग प्रदेशसभाको अधिवेशन आव्हानबारे प्रश्न पनि गर्नुभएको छ ।
जवाफमा मुख्यमन्त्री शाहीले आवश्यकताअनुसार प्रदेशसभाको अधिवेशन आव्हान गर्न मन्त्रीपरिषद्ले सिफारिस गर्ने बताउनुभयो ।
प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आव्हान गर्नुभन्दा पहिला मन्त्रीपरिषदबाट सिफारिस गर्नुपर्ने हुन्छ ।