पंख बहादुर शाही
सुर्खेत, ४ पुस (जागरण) ।सुर्खेत र बर्दिया राष्ट्रिय निक’ञ्जको सीमानामा पर्ने बाँसपानीमा भएको घटनाका पीडितले एक दशक बितिसक्दासम्म पनि न्याय पाएका छैनन् .।
बाँसपानीमा काउलो (जडिबुटी) खोज्न गएको बेलामा नेपाली सेनाले गोली हानेर एक बालिकासहित तीन जना महिलाको हत्या गरेको थियो । तर राज्यबाट हालसम्म दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिप“र्ति उपलब्ध नभएको पीडित परिवारको गुनासो छ ।
नेपाली सेनाको ज्वाला दल गणबाट गएको गस्तीले सुर्खेतको बराहताल गाउँपालिका (तत्कालीन हरिहरपुर गाविस) का ३५ वर्षीया देवीसरा स’नार, स’नारकी छोरी १३ वर्षीया चन्द्रकला स’नार र २( वर्षीया अमृता सुनारलाई गोली हानेर हत्या गरेको थियो . साथै कृष्णबहादुर सुनारलाई पक्राउ गरेर केही दिनपछि छोडिएको थियो ।
घटना भएको लामो समय बितिसक्दासम्म पनि आफूहरूले न्याय नपाएको पीडित परिवारले बताएको छ । बिहीवार वीरेन्द्रनगरसुर्खेतमा पत्रकार सम्मेलनको आयोजना गरि अहिलेसम्म दोषीमाथी कारवाही र आफुहरुले राहत पाउन नसकेको बताएका हुन् ।
पीडित परिवारका सदस्यहरूले न क्षतिपूर्ति पाएको न त कानुनी रूपमा न्याय पाउन सकेको भन्दै दुखेसो पोखेका छन् ।
हत्या भएको स्थानबाट कृष्णबहादुर सुनारलाई नियन्त्रणमा लिएर सेनाले हत्याको सुनारले गरेको मुचुल्का गराएको स्मरण गर्दै यो हत्या सेनाले नै गरेको पिडित रत्न बहादुर सुनारले आरोप लगाउनुभयो ।