औषधी चाडो पठाउने गरौँः जनता

सुर्खेत, ४ पुस (जागरण) । औषधी ढुवानीको नियमित काम समयमै हुन नसक्दा कर्णालीका हिमाली जिल्लामा औषधीको वर्र्षेनी चरम अभाव हुने गरेको छ । औषधी अभावले उपचार सेवा समेत प्रभावित बन्ने गर्दछ । सामान्य प्रकारको औषधी पनि स्वास्थ्य संस्थामा पाउन नसकेको विरामीहरु गुनासो गर्छन् । सरकारले स्वास्थ्य चौकीमा ३५ प्रकारको र प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र अस्पतालहरुमा ७० प्रकारको औषधी निशुल्क दिने भने पनि कर्णालीका हिमाली जिल्लाहरुमा भने सिटामोल समेत पाउन गाह्रो हुन्छ ।जनताको सुझाव यस्तो छ, सुन्नुहोस अडियो …..