जनताको अपेक्षा अनुसार काम हुन सकेनः मुख्यमन्त्री शाही

पंख बहादुर शाही
सुर्खेत, ५ पुस (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश सरकारले २ बर्षमा गरेका काम जनताको अपेक्षा अनुसार हुन नसकेको स्वीकार गर्नुभएको छ ।
जनताका अपेक्षा असिमित रहेको भन्दै सरकारले सजनताका सबै अपेक्षा पुरा गर्न नसकेको भन्दै सरकारप्रतिको आक्रोस स्वभाविक भएको बताउनुभएको हो ।
हिजोदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शुरु भएको प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाले अझै पनि व्याप्त रुपमा भ्रष्ट्राचार मौलाएको बताउँदै जनताले थुप्रै माग राखेकाले त्यहिको आधारमा टेकेर प्रदेश सरकार अघि बढिरहेको बताउनुभयो ।
अहिले कानुन निर्मार्ण, आवाश्यक संरचना निर्माण गर्नुपर्ने र कर्मचारी अभावका कारण जनताले भने अनुसारको आवाश्यक्ता पुरा नहुँनु स्वभाविक भएको शाहीले बताउनुभयो ।
कर्णालीका सडक सञ्जालको अवस्था राम्रो नभएको भन्दै उहाले यसको सुधारको लागि प्रदेश सरकारले ठुला योजनाहरुलाई प्राथामीकतामा राखेको बताउनुभयो ।
कर्णाली प्राकृतिक रुपमा धनी प्रदेश भएपनि त्यसको उपयोग हुन नसकेको भन्दै सरकारीमात्र नभएर नीजि क्षेत्रलाई लगानी गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कर्णालीमा तत्काल औद्योगि क्षेत्रको घोषणा गर्न आग्रह गर्नुभयो ।
हिजोदेखि शुरु भएको महोत्सव पुस १० गते सम्पन्न हुने आयोजकले जनाएको छ ।
महोत्सव अवधिमा कर्णाली प्रदेशका रैथाने खानका परिकार कर्णालीका विभिन्न संस्कृतिको प्रदर्शनहरु गरिने जनाइएको छ ।