कपुरकोट गाउँपालिकाको छैठौँ गाउँसभाबाट दुइवटा ऐन पारित

शंकर केसी
सल्यान, ५ पुस (रेडियो कपुरकोट) । संसदीय अभ्यासको झल्को दिने गरि कपुरकोट गाउँपालिकाको छैठौँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले दुई वटा ऐन र एउटा नीति पारित गर्दै रकमान्तर गरि दुई ठूला गौरवका योजना सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
सभाले विधेयक समितीका संयोजक मिन बहादुर सेनले पेश गरेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७६, स्वास्थ्य र सरसफाई सम्वन्धी ऐन, ०७६ र सुशासन (सञ्चालन तथा व्यवस्थापन) नीति, २०७६ पारित गरेको प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारि दिनुभयो ।
कर्णाली प्रदेश सरकार सँग ५० प्रतिशत समपुरक अनुदान कार्यक्रमा साझेदारी गरी कपुरकोट फलावाङ मोटर बाटो रु १ करोड ६० लाख र जामुने खानेपानी योजना १ करोड १० लाख रुपैयाँमा सञ्चालन गर्ने निर्णय गरेको प्रमुख प्रशसकीय अधिकृत भण्डारीले बताउनु भएको छ ।