दुइसय उन्नचालिस जना अपाङ्गता भएका व्यक्तीहरुलाई परिचयपत्र

दैलेख, ५ पुस (जागरण) । दैलेख गुराँस गाउपालिकाले गाउँपालिकाभर रहेका दुइसय उन्नचालिस जना अपाङ्गता भएका व्यक्तीहरुलाई परिचयपत्र वितरण गरेको छ ।
गाउँपालिकाको आयोजना र सेभ द चिल्ड्रेन, सामाजिक सेवा केन्द्र (सोसेक) सहयात्रा परियोजनको सहयोग तथा कोहोलपुर मेडिकल कलेजको प्राविधिक सहयोगमा दुइदिने शिविर संचालन गरि परिचयपत्र वितरण गरिएको हो ।
अपाङ्गता भएका व्यक्तीहरुलाई परिचयपत्र वितरणका लागि कार्यविधि नै तयार गरि परिचयपत्र वितरण गरिएको गुराँस गाउँपालिकाले जनाएको छ ।
बहु अपाङ्गता भएका बालबालिकालाई घरमा नै स्वयमसेवक शिक्षक खटाएर अध्यापन गराउने काम समेत शुरु गरिएको गाउँपालिकालाई उद्धृत गर्दै सेभ द चिल्ड्रेन अन्तरगत सहयात्रा परियोजनाका कार्यक्रम संयोजक नवराज वीसीले बताउनुभयो ।
यस्तै, दैलेख जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल कक्ष राखेर जोडिएको सिसि क्यामराले २ वर्षदेखि काम गर्न छाडेको छ । ३ वर्षअघि दैलेख बजार, चुप्रा र गुरासेँसहित ९ स्थानमा राखिएको क्यामरा बिग्रीएको हो । दैलेखको सार्वजनिक स्थलमा १० वटा क्यामरा जडान गरिएको थियो ।