विदेशबाट फर्किएर कृषि, कृषिले नै ल्यायो परिवर्तन  

सुर्खेत, २४ फागुन (जागरण) । ज्ञान बहादुर रावत सुर्खेत वीरेन्द्रनगर निवासी हुनुहुन्छ । उहाँको घरमा पाँच जनाको परिवार रहेको छ । उहाँलाई पहिले आफ्ना छोराछोरीको लालनपालन तथा शिक्षा दिक्षा गराउन लागि समस्या थियो । अनि ज्ञानबहादुर विदेश पलायन हुनुप¥यो ।

विदेशमा उहाले धेरै काम गर्नुपर्थ्यो । यती धेरै काम गर्दा स्वदेशमा पनि केहि गर्न सकिने रहेछ भन्ने उहाँलाई चेतना भयो । त्यसपछि आफु स्वदेश फर्किएर व्यवसायिक कृषि शुरु गरेको उहाँ बताउनुहुन्छ ।
उहाँले कृषि पेसा गर्न लागेको २० बर्ष भएको छ । तर व्यवसायिक कृषि गर्न लागेको केहि बर्षमात्र भयो । २० हजार बाट शुरु गरेको कृषि व्यवसाय अहिले ५ लाखको बराबरको भएको भन्दै उहाले अहिले बाािर्षक ३ लाख कमाई हुने गरेको बताउनुहुन्छ ।
पहिले आफुले काम गर्ने त्यती जागर नलगाउने गरेको भन्दै उहाले विदेश गएर फर्किएपछि काम गर्ने जागर आएको बताउनुहुन्छ । उहा अहिले ८ घण्टा काममा खटिने गरेको बताउनुहुन्छ ।
ज्ञानबहादुरको खेतबारीमा अहिले फर्सी, करेला, टमाटर, बन्दा, काउली, लगायतका तरकारीहरु उत्पादन हुने गरेको छ ।
१४ कट्टा जग्गामा धान खेती गरेको भएपनि धान भन्दा तरकारी बाट आम्दानी बढि हुने भएकाले आफुले तरकारी खेतीलाई महत्व दिएको उहा भनाई छ ।
पछिल्लो समय कृषकहरुले रसायिनक मलको प्रयोग गर्ने गरेको पाइन्छ । जसले वातावरण तथा मानव स्वास्थयमा प्रत्यक्ष असर पार्ने गरेको हुन्छ । तर ज्ञानबहादुरले कम्पोष्ट मल प्रयोग गर्ने गर्नुहुन्छ ।
नेपालमै केही गर्न सकिँदैन भन्ने र कतिपय लहलहैमा लागेर विदेश पलायन हुने गर्दछन् जसका कारण नेपालका जग्गा बाँझो हुन थालेका छन् । अझै विदेशमा पटक–पटक जाने पनि गरिन्छ । तर नेपालमै पनि केही गर्न सकिँदो रैछ भन्ने उदाहरण उहाँ हुनुहुन्छ ।