अर्गानीक नमुना गाउँः सरकारको योजना कर्मचारी अभावका कारण कार्यान्वयनमा चुनौती (अडियोसहित)

पंख बहादुर शाही
सुर्खेत, ७ पुस (जागरण) । कर्णाली सरकारले अर्गानीक नमुना गाउँ बनाउने योजना अगाडी बढाएपनि कर्मचारी अभावका कारण कार्यान्वयनमा समस्या देखिएको छ ।
विशेष गरी कर्णालीका हुम्ला, मुगु, जुम्ला लगायतका जिल्लाहरुमा कृषि प्राविधिकहरु नहुँदा अर्गानिक नमुना बनाउने योजना कार्यान्वयनमा समस्या देखिएको हो ।
कृषि विकास कार्यलय मुगुले कर्मचारी अभावका कारणा नमुना गाउँको केहिपनि प्रक्रिया अगाडी बढाउन नसकिएको जनाएको छ ।
कार्यालयका प्रमुख केवी रोकायले आफु बाहेक अन्य प्राविधिक कर्मचारी नहुँदा काम गर्न समस्या भएको बताउनुभयो ।

यस्तै, कृषि विकास कार्यालय हुम्लाका कार्यालयका प्रमुख चन्द्र भुषणले कर्मचारी अभाव कारण काम गर्न निकै असहज भएको जानकारी दिनुभयो ।
उहाँले आफै प्राविधिक र आफै कर्मचारी भएर काम गर्नुपर्ने अवस्था रहेको भन्दै कर्मचारी पठाउन माग गर्नुभयो ।
उहाले योजनामा गलत कार्य गरेको पाइए कालो सुचीमा राखेर कारबाही गरिने बताउनुभयो ।

यता, कर्णाली सरकारले अर्गानीक नमुना गाउँ बनाउने योजना माघदेखि रफ्तारले अगाडी बढाउने प्रतिक्रिया दिएको छ ।
कृषि मन्त्रालयले प्रदेशका १० ओटै कृषि विकास कार्यालयमा बजेट पठाइसकेको मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ तथा प्रवक्ता हरि प्रसाद पण्डितले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।

अर्गानिक कृषि नमुना गाउँ निर्माणका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५०–५० लाख रुपैयाँ बजेट विनियोजन यसअघि नै गरिसकेको छ ।
विषादीयुक्त तरकारी तथा फलफूल भित्रिन थालेपछि प्रदेश सरकारले नमुना अर्गानिक गाउँको अवधारणा ल्याएको हो ।