संघिय सरकारले चासो नदिँदा प्रदेश लोक सेवा आयोग गठन हुन सकेन

पंख बहादुर शाही
सुर्खेत, १० पुष (जागरण) । संघिय सरकारले कानुन नबनाउदा कर्णाली प्रदेशको प्रदेश लोकसेवा आयोग गठन गर्न समस्या भएको प्रदेश सरकारले जनाएको छ ।
लोकसेवा आयोगको लागि संघीय लोकसेवा आयोगको संघीय नीजामति ऐन नआएपछि प्रदेश लोकसेवा आयोग गठनमा समस्या देखिएको हो ।
संविधानले नै प्रदेश लोकसेवा गठन गर्न पाउने अधिकार दिएपनि सरकार गठन भएको तिन बर्ष पुग्न लाग्दा समेत आयोग गठनमा हुन सकिरहेको छैन् ।
प्रदेश लोकसेवा आयोगको गठन गरि कर्णालीमा रहदै आएको कर्मचारीको अभावलाई हटाउन सकिने बिकल्प भएपनि अहिलेसम्म प्रक्रिया अगाडी बढेको छैन् ।
यता, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सुचना तथा समन्वयन शाखाका अधिकृत केशव उपाध्यायले संघीय नीजामति सेवा ऐन नआएर प्रदेश नीजामति सेवा ऐन बनाउन नसकिने उल्लेख गर्नुभयो ।
प्रदेश लोकसेवा गठन गर्न, कार्यालय खोल्न भनेर कानुन, तयार बनाइएको तर परिक्षा लिन नपाउने उहाले कर्णाली रैबारलाई बताउनुभयो ।