सुर्खेत भेरीगंगा नगरपालिकाः भिडियोबाट यसरी पढाई हुन्छ (सुन्नुहोस अडियो)

टेकराज केसी
सुर्खेत, १० पुष (जागरण) । सुर्खेत भेरीगंगाका नगरपालिकाले शिक्षाको गुणस्तर कायम राख्न सामुदायिक विद्यालयमा अनलाइन सिस्टमबाट अध्यापन गराउन शुरु गरेको छ ।
शिक्षालाई प्रविधिमा जोड्नुपर्ने भन्दै अनलाईन सिस्टमबाट अध्यापन गराउन शुरु गरिएको हो ।
शिक्षालाई नवप्रवद्र्धन गर्न नेपालकै पहिलो भिडियो लाइभमा अध्यापन गराउन शुरु गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्मा लम्सालले कर्णाली रैबारलाई बताउनुभयो ।

पहिलो चरणमा ५ वटा विद्यालयलाई छनौट गरिएको भन्दै यो सफल भए सबै विद्यालयमा लागु गरिने उहाले जानकारी दिनुभयो ।
विशेष गरी सामुदायिक विद्यालयको विश्वस्नीयता बढाउनुपर्ने भन्दै कक्षा १० को प्रमुख विषयलाई प्राथामीकतामा राखिएको उहाले जानकारी दिनुभयो ।
विषयगत शिक्षकको अभावका कारण विद्यार्थीहरुको सिकाई कमजोर भएको भन्दै यसको अन्त्य हुने दाबी उहाले गर्नुभयो ।

नगरपालिकाको शिक्षा शाखामा नै बसेर पाँचवटै विद्यालयमा एकैचोटी अडियो भिडियोमा अध्यापन गराउने गरि कामको थालनी गरिएको उहाले बताउनुभयो । उहाले कर्णाली प्रदेशलाइृ नै प्रविधिमा जोड्नुपर्ने भन्दै यसको नेतृत्व सामाजिक मन्त्रालयले लिनुपर्ने सुझाव दिनुभयो ।

नगरपालिकामा अहिले ५१ वटा सामुदायि विद्यालय र १४ वटा नीजि विद्यालय रहेका छन् । शिक्षा क्षेत्रको सुधारका लागि नगरपालिकाले १ करोड ८० लाख रकम विनियोजन गरेको छ ।