एम्बुलेन्स बिहिन भएको आठ महिना बितिसक्दा समेत सरकारी चासो छैन

कालि बहादुर नेपाली
जाजरकोट, १० पुष (रेडियो खलंगा) । जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा एम्बुलेन्स बिहिन भएको ८ महिना बितिसक्दा समेत सरकारले चासो दिएको छैन ।
प्रदेश सरकारले जाजरकोट स्वास्थ्यलाई एम्बुलेन्स दिने भनेको भएपनी अहिलेसम्म नदिएको स्वास्थ्य सेवा कार्यालयको भनाई रहेको छ ।
कार्यालयमा भएको एम्बुलेन्स समेत मर्मत सम्भारका लागी बजेट ब्यवस्थापन नगर्दा नागरीकलाई सास्ती हुदै आएको छ ।