सुर्खेतलाई आज पुर्ण खोपयुक्त जिल्ला घोषणा गरिँदै

सुर्खेत, ३० वैशाख (जागरण) । सुर्खेत जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने भएको छ । आज (आईतबार) सुर्खेतलाई नेपालको ४३ अाैँ खोपयुक्त जिल्लाको रुपमा घोषणा गर्न लागिएको हो । । २०७० चैत २६ गतेदेखि सुरु भएको खोपयुक्त घोषणा अभियान जिल्लाका ९ वटै स्थानीय तहका वडाहरुलाई पूर्ण खोपयुक्त वडा घोषणा गरिसकेपछि जिल्ला खोप समन्वय समितिले आज घोषणा गर्ने भएको हो ।
जिल्लामा झण्डै साढे ८ हजार बालबालिकाले खोप पाए पछि सुर्खेतलाई खोपयुक्त जिल्ला घोषणा गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत जितलाल ढकालले जानकारी दिनु भयो । सुर्खेतलाई पूर्ण खोप घोषणा गर्न लागि सबै तयारी पुरा भएको समितिले जनाएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतित्थ्यतामा जिल्ला समन्वय समितीको हलमा बिहान १० बजे पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने प्रमुख ढकालले जानकारी दिनुभयो ।
सुर्खेतका करिब ९९ प्रतिशत शिसुहरु खोपको पहुँचमा पुगेको उहाँले बताउनु भयो ।