राष्ट्रिय शिक्षा नीति सच्याउन माग

पंख बहादुर शाही
सुर्खेत, १५ पुष (जागरण) । कर्णाली प्रदेशका शिक्षासँग सरोकार राख्ने व्यक्तीहरुले राष्ट्रिय शिक्षा नीति सुधार गर्न माग गरेका छन् ।
तन्नेरि चासो सुर्खेतले आज प्रदेश राजधानी सुर्खेतमा आयोजना गरेको राष्ट्रिय शिक्षा नीति २०७६ नीति प्रदेश र स्थानीय तहमा परेको प्रभावका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका उनिहरुले यस्तो माग गरेका हुन् ।
उनिहरुले अहिले जारी भएको राष्ट्रिय शिक्षा नीतिले कर्णालीका लागि खासै गतिलो नभएको भन्दै यसका त्रुटी सच्याउन माग गरेका छन् ।
कार्यक्रममा बोल्दै शिक्षक महासंघ सुर्खेतका अध्यक्ष कृष्णबहादुर थापाले शिक्षा नीति, ऐन बनेपनि त्यो पुर्ण नभएको बताउनुभयो ।
कार्यक्रममा सहभागी शिक्षक भक्तबहादुर खड्काले राष्ट्रिय शिक्षा नीतिमा समावेश विषयहरु केहि त्रुटीपूर्ण रहेको बताउनुभयो ।
कर्णाली प्रदेश सभा सांसद पद्मी कुमारी बोहोराले राष्ट्रिय शिक्षा नीतिमा कर्णालीलाई मध्यनजर नगरिएका विषयमा छलफल हुुनुपर्ने भन्दै यसको लागि पहल गरिने जानकारी दिनुभयो ।
यस्तै सांसद कौशिल्यावति खत्रिले पनि शिक्षा विज्ञहरुको सुझाव अनुसार नै शिक्षा नीति निर्माण गर्नर्फ केन्द्री हुने बताउनुभएको छ ।
यस्तै कार्यक्रममा अव यस्तो नहोस ! पुस्तकको बीमोचन पनि गरिएको छ ।