सुर्खेत, ३० वैशाख (जागरण) । स्थानीय सरकार अन्तर्गत जागरण एफ. एम. र www.jagaran.com.np ले कर्णाली प्रदेशका स्थानीय सरकारले गरिरेहका काम, आगामी योजना, खेप्नुपरेका चुनौतिलाई समेटेर विभिन्न सामग्री प्रसारण र प्रकाशन गर्दै आएका छौँ ।
यसैक्रममा जागरणकर्मी प्रभा रावतले सल्यानकाे ढाेरचाैर गाउँपालिकाका अध्यक्ष मानबहादुर चलाउनेसँग कुराकानी गर्नुभएकाे छ ।
प्रस्तोताः तपाइ निर्वाचित भएदेखि के के काम गर्नुभयो ?
पाहुनाः गाउपालीकामा काम त धेरै भए त्यसमा पनि विशेष बढी भन्दा बढी बाटाघाटा खानेपानी र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।
प्रस्तोताः आगामी चार बर्षका लागी तपाइका योजनाहरु के के छन ?
पाहुनाः आगामी चाबर्षमा गाउपालिकामा भएका विकास निमार्णका कामलाई पुर्णता दिने योजनामा छौँ । शिक्षा स्वास्थ्य तथा खानेपानी तथा कृर्षीलाई आधुनिकीकरण गर्ने योजनामा छौँ ।
प्रस्तोताः तपाईको कार्यकालमा ढोरचौर गाउँपालिकालाई कस्तो बनाउने सोचमा हुनुहुन्छ ?
पाहुनाः सम्भवत यहि रफ्तारमा काम गर्न सकियो भने आगामी चर बर्ष भित्र कृर्षि, खानेपानी, शिक्षा तथा सडकमा काम गर्न सकिनछ ।
प्रस्तोताः तपाइको गाउपालीकामा शैक्षिक गुणस्तरलाई माथी उकास्नको कस्तो कस्तो पहल चाल्नु भएको छ ?
पाहुनाः गाउपालीकामा शिक्षाको गुणस्तरलाई माथी उकास्नका लागी विभिनन विद्यालय समायोजन गरेका छौँ । शिक्षाका लागी सेवाअनुदान जस्ता कार्यक्रम लागु गरिसकेका छौँ ।
प्रस्तोताः अन्त्यमा काम गर्नेक्रममा कस्ता चुनाती आइपरेका छन् ?
पाहुनाः गाउपालिकामा मुख्य चुनौतीको रुपमा कार्मचारीको समस्या छ । संघ र प्रदेशबाट नितीनियम पास नभएकाले खरिद प्रक्रिया नभएकाले यस्ता खालका धेरै चुनौती छन् ।