खड्क सुनार
मुगु, १५ पुष (रेडियो सौर्यदय) । मुगुको नमुना आधारभुत विद्यालयको भवन समयमा नै निर्माण नहुँदा बालबालिकाहरु खुला आकास मुनी पढ्न बाध्य भएका छन् ।
छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ लापुमा रहेको यो विद्यायलमा दलित समुदायका बालबालिकाहरु अध्ययनरत रहेका छन् ।
विद्यालय स्थापनका लागि जिल्ला शिक्षा कार्यलय मुगुले १५ लाख भन्दा बढी दिएको रकम सकिसकेको छ तर विद्यालय भवन भने सम्पन्न भएको छैन । भवनको छाना आधा भागमा मात्र जस्तापाता राखिएको छ ।
नमुना आधार भुत विद्यालयमा कक्षा १ देखि ३ सम्म २७ जना बालबालिका अध्यान गरिरहेका छन् ।
उनीहरु काम गर्ने ज्याला दिनको २ हजारको दरले खोज्ने गरेको तर विद्यायलयले त्यती दिन नसकेपछि विद्यार्थीहरुलाई २ वर्षदेखि चौरको भुईमा राखेर पढाउन बाध्य भएको प्रधानाध्यापक कैलास बढुवालले बताउनुभएको छ ।