मान बहादुर कुँवर
जुम्ला, १५ पुष (रेडियो खुल्ला आँकास) । साना जलविद्युतको मेसिन जलेपछि जुम्ला सदरमुकाम एक हप्ता यता अन्धाकार भएको छ ।
गत पुस २ गते पावर हाउसमा रहेका दुई मेसिन जल्दा जुम्लाका नागरिक अन्धकारमा बस्न बाध्य भएका हुन ।
लामो समय भइसक्दा पनि विद्युत मर्मत नहुदा एकातिर अध्ययनका लागि जुम्ला बजार आएका विद्यार्थि समस्यामा परेका छन, भने अर्को्तिर व्यापारि,तथा उद्योगि मारमा परेका छन् ।
बत्ति नहुदा पढाई प्रभावित भएको तातोपानी ७ का बसन्त कुँवरले बताएका छन् । मेसिन बन्न नसक्दा विद्युत नियमित प्रसारण गर्न नसकिएको साना जलविद्युत उपभोक्ता समितिका अध्यक्ष विष्णु बहादुर बुढ्थापाले बताउनुभएको छ ।
आईतबार मात्रै नेपालगंज बाट मर्मतको लागि प्राविधिक पुगेकोले अझै १० दिन सम्म अध्यारोमै बस्नु पर्ने अध्यक्ष बुढ्थापाले जानकारी दिनुभएको छ ।