मानवमुक्त सडक यसरी बनाउन सकिन्छः सुन्नुहोस् जनताको सुझाव (अडियो सहित)

सुर्खेत, १९ पुष (जागरण) । कर्णाली प्रदेशलाई सडक मानव मुक्त प्रदेशका रुपमा घोषणा गर्न लागिएको छ । वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेश समन्वय परिषदको वैठकमा प्रदेशलाई नै ‘सडक मानव मुक्त’ प्रदेश बनाउने विषयमा सरोकारवालाहरुले प्रतिबद्धता समेत जाहेर गरेका छन् । गएको शुक्रवार बसेको बैठकमा वीरेन्द्रनगर नगरपालिका, कर्णाली प्रदेश सरकार र अन्य सरोकारवालाबीच प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको छ । प्रदेश सरकारको तर्फबाट सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा रहेको मानव सेवा आश्रमले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।जनताको सुझाव यस्तो छ, सुन्नुहोस् अडियो …..