बाँझो जग्गामा नास्पती रोप्दै नगरपालिका (अडियोसहित)

सुर्खेत, १९ पुष (जागरण) । दैलेखको चामुण्डा विन्द्रसैनी नगरपालिकाले ४५ हेक्टर क्षेत्रफलमा नास्पती खेती गर्न शुरु गरेको छ । बाँझो रहेको जग्गालाई उपयोग गर्ने भन्दै नगरपालिकाले यस्तो नीति ल्याएको हो । नगरपालिकाले अहिले नयाँ कार्यक्रम अन्तर्गत प्रत्यक वडामा पाँच–पाँच हेक्टरकाले दरले मेल कलमिबाट नास्पति बनाउन लागेको हो । त्यतीमात्र नभएर नगरपालिकाले अहिले सडकको दायाँ–बायाँ एक हजार बरपीपल बिरुवा रोप्न लागेको छ । नगरपालिका प्रमुख सुर्य बहादुर शाहीसँग गरिएको कुराकानी सुन्नुहोस् अडियोमा….