यस्तो बन्नेछ सिम्ता गाउँपालिकाको प्रशासनिक भवन

सुर्खेत, २३ पुस (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाले आफ्नो नयाँ प्रशासनिक भवन सिम्ता आकारमा निर्माण गर्ने भएको छ ।
गाउँपालिकाको विकासका काम गर्न सिम्ताली मोडेल नै अपनाएको सिम्ताले आफ्नो प्रशासनिक भवन पनि सिम्ता आकारमा निर्माण गर्ने भएको हो ।


प्रशासनिक भवन टाढाबाट हेर्दा नै त्यहाँ सिम्तादेखिने छ । चालू आर्थिक वर्ष २०७६/०७७ भित्र निर्माण सम्पन्न गर्ने भवनका लागि टेन्डर आव्हान समेत भइसकेको गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले जागरणलाई जानकारी दिनुभयो ।
भवन निर्माण गर्न सवा चार करोड रुपैयाँ लाग्ने केसीले बताउनुभयो ।
२९ वटा कोठा रहने प्रशासनिक भवन सवै विषयगत कार्यालय एकै ठाउँ रहनेगरी निर्माण हुने छ ।
आज सार्वजनिक गरिएको भवनको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) अनुसार भवनको वरिपरी बोटविरुवा रहनेछन् भने, बैठक कक्ष, सभाकक्ष तथा अन्य प्रयोजनका लागि समेत ठाउँ छुट्याइएको छ ।
हेर्नुहोस् डिपिआरअनुसार फोटोहरु: