काठमाडौं, २५ पुष (जागरण) । कर्णाली प्रदेश योजना आयोगको बैठक आज काठमाडौंमा बस्ने भएको छ । कर्णालीमा बस्दा धेरै खर्च हुने भन्दै बैठक काठमाडौंमा बस्न लागिएको प्रदेश योजना आयोगले जनाएको छ ।
विज्ञ टोलीलाई कर्णाली प्रदेशमा बोलाउँदा खर्च रकम धेरै लाग्ने भएकाले बैठक काठमाडौँमा आयोजना गरिएको प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले कर्णाली रैबारलाई बताउसनुभयो ।
विज्ञसँग सम्बन्धित विषयमा पञ्चवर्षीय योजनाका आधारमा छलफल गर्न सहज हुने उहाँको भनाई छ ।
यो हप्ता प्रदेश योजना आयोगको टोली सम्बन्धित विज्ञसँग काठमाडौंमा छलफल गरेको थियो । छलफलमा सहभागी विज्ञहरूले भोली नै प्रदेश योजना आयोगलाई प्रतिवेदन बुझाउन आग्रह गरेको उहाले बताउनुभयो ।
बैठकमा मध्यकालीन खर्च व्यवस्थापन, संघ र प्रदेशबीचको समन्वयबारे छलफल हुने बताइएको छ । कर्णाली प्रदेशका प्राथमिकताका आधारमा योजनालाई मूर्तरूप दिनेगरी बैठक केन्द्रित हुने प्रदेश योजना आयोगका सदस्य डा. रोकायाले बताउनुभयो ।
कर्णाली प्रदेशको विज्ञ समूहसँगको बैठक प्रायः काठमाडौंमा बस्ने गरेको छ । यसअघिका केही बैठक पनि काठमाडौंमा हुँदा कर्णालीमा चर्काे विरोधसमेत भएका थिए ।
संघियता कार्यान्वयनमा आइसक्दापनि प्रदेशका महत्वपूर्ण निर्णयहरु केन्द्रीकृत हुने गरेको भन्दै जानकारहरुले भने आलोचना गरेका छन् ।