पूर्ण साक्षर प्रदेश बनाउन जनताको सुझाव यस्तो छ (सुन्नुहोस् अडियो)

सुर्खेत, २५ पुष (जागरण) । कर्णाली प्रदेशमा अझैपनि ३७ प्रतिशतभन्दा धेरै व्यक्तीहरु निरक्षर रहेको पाइएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार कर्णालीमा ३७ दशमलव २३ प्रतिशत व्यक्ती अझै निरक्षर रहेका हुन् । साविक कर्णाली अञ्चलका पाँच जिल्लामा निरक्षरको संख्या धेरै रहेको कर्णाली प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ । प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्मि सहित पाँच जिल्ला यसअघि नै साक्षर घोषणा भइसकेका छन् । तर निरक्षरको दर अझै कायम रहेको सरकारी तथ्याङ्कले नै देखाउछ । जनताको सुझाव यस्तो छः सुन्नुहोस अडियो……