स्थानीय सरकारको सेवा अझै जिल्ला सदरमुकामबाट किन ? (अडियोसहित)

सुर्खेत, २५ पुष (जागरण) । जनताको घरदैलोमै सरकार पु¥याउने र सेवा सुविधा गाउँमै पुर्याउनेगरी स्थानीय सरकारहरु गाउँगाउँ पुगे । सिंहदरबारको अधिकार गाउँसम्मै पुग्ने भनियो तर डोल्पाका केहि स्थानीय तहका नगरिकहरु सिंहदरबार देख्न जिल्ला सदरमुकाम नपुगी सुखै छैन । दैनिक कामकाजका लागि गाउँले सदरमुकाम दुनैमै पुगिरहेका छन् । जिल्लाका आठमध्ये चारवटा स्थानीय तहका कार्यालयको काम दुनैबाट हुदै आएका छन् । यस्तै मध्यको एक हो शेफोक्सुन्डो, गाँपालिका ।
यसै सन्दर्भमा सहकर्मी नन्द कठायतले नागरिकहरुलाई सेवा लिन जिल्ला सदरमुकाम आउनैपर्ने बाध्यता किन ? भनेर डोल्पाको शेफोक्सुन्डो गाँउपालिका उपाध्यक्ष धावा सम्डुक गुरुङ सँग सोध्नुभएको छ । सुन्नुहोस अडियो….