स्यार्पूताल संरक्षणका लागि स्थानीय सरकार तयार (अडियोहित)

रुकुम पश्चिम, ४ माघ (जागरण) । संघीय सरकारले उत्कृष्ट सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको रुकुम पश्चिमस्थित स्यार्पूताल संरक्षण अभावमा अझेलमा पर्न थालेको छ ।
तालमाथिको वन फँडानी, अव्यवस्थित चरिचरन र जथाभावी आगजनीलगायत कारणले बाढीपहिरो आई ताल पुरिरहेको स्थानीयको भनाइ छ ।
ताल वरपर व्यक्तिगत र सामूहिक विकासले पनि यसलाई संकटमा पारेको स्यार्पूका ७४ वर्षीय भीमु दाहालले बताउनुभयो ।
अहिले तालको वरिपरि धमाधम घरघडेरी निर्माण भइरहेका छन् । स्यार्पुतालको मुहानतर्फका जलाधार क्षेत्रमा मानवीय गतिविधि रोक्नसके ताल पुरिने अवस्था न्यून हुने पर्यटन व्यवसायीको भनाइ छ ।
करिब ६ वर्षसम्म एस्क्याभेटर र डोजरले स्यार्पुताल वरपर खनेको चक्रपथले पनि ताल संकटमा परेको स्थानीय अगुवा बालकृष्ण रिजालले बताउनुभयो । तालको वरिपरि ५ किलोमिटरको चक्रपथ बनाइएको छ ।
तालको विकासको लागि चक्रपथ बनाएको भनिए पनि त्यसले झनै संकटतर्फ उन्मुख गराएको वीरेन्द्र माविका शिक्षक शेरवीर दाहालले जनाउनुभयो ।
यता, रुकुम पश्चिको बाफीकोट गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष चन्द्र बहादुर केसीले यस तालको संरक्षणका लागि स्थानीय सरकारहरु तयार रहेको बताउनुभएको छ । सुन्नुहोस उहाँसँगको कुराकानी…….