पत्रकार महासंघ सल्यान शाखाको नयाँ सदस्यताको आवेदन खुल्ला

शंकर केसी
सल्यान, ४ माघ (रेडियो राप्ती) । नेपाल पत्रकार महासंघ सल्यान शाखाको नयाँ सदस्यताको आवेदन खुल्ला गरिएको छ ।
जिल्ला शाखाले नयाँ सदस्यता आह्वान सम्बन्धी सूचना जारी गरे संगै सल्यानका विभिन्न सञ्चार संस्थामा कार्यरत पत्रकारहरुका लागि साधारण सदस्य बन्ने बाटो खुलेको हो ।
महासंघको विधान अनुसार १२ कक्षा पास भै नियमित रुपमा मिडियामा काम गर्दै आएका सञ्चारकर्मीले आवश्यक कागजपत्रसहित फारम भर्न सक्ने महासंघका जिल्ला प्रतिक ईच्छुक शर्माले बताउनुभयो ।
यही माघ ९ गतेसम्म पत्रकार महासंघ सल्यानको सदस्यता फारम भर्न सकिने उहाले जानकारी दिनुभयो ।