शिक्षा नीति र योजना बनाउने कर्णालीको पहिलो पालिका बन्दै भेरीगंगा

सुर्खेत, ७ माघ (जागरण) । सुर्खेतको भेरीगंगा नगरपालिकाले चैत मसान्तभित्र नगर शिक्षा नीति र शिक्षा योजना तयार गर्ने भएको छ ।
नगरपालिकाभित्रको शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि नीति र योजना तयार गरिने भएको हो ।
कर्णाली प्रदेशमा पहिलो पटक भेरीगंगामा शिक्षाको नीति र योजना बन्ने भएको हो ।


त्यसका लागि सरकारी तथा गैरसरकारी निकाय सम्मिलित मस्यौदा समिती गठन भएको भेरीगंगा नगर शिक्षा समिति प्रमुख धिरेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
शर्माकाअनुसार जीतेन्द्र राज ओलीको संयोजकत्वमा यज्ञ ढकाल र टेकपाल नेपाली, गजेन्द्र कुमार जिसिको संयोजकत्वमा बनेको मस्यौदा लेखन समितिको सदस्यहरुमा जितेन्द्र राज ओली, यज्ञ ढकाल, नारायण विक, मानबहादुर ओली, विष्णु खड्का र धनसिं खड्का रहनुभएको छ ।