सभामुखमा सापकोटा निर्विरोध

काठमाण्डौँ, ७ माघ (जागरण) । अग्नि सापकोटा सभामुखमा निर्विरोध, औपचारिक घोषणा माघ १२ मा
सत्तारुढ नेकपाका नेता अग्नि सापकोटा सभामुखमा निर्विरोध हुनुभएको छ । आज उम्मेदवारीका लागि निर्धारित समयमा अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उहाँ निर्विरोध निर्वाचित हुने पक्का भएको हो ।


तर, यसको औपचारिक घोषणा भने माघ १२ गते हुनेछ । १२ गते बस्ने प्रतिनिधिसभाको बैठकमा अरु कसैको उम्मेदवारी नपरेकोले सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ । त्यसपछि उहाँले सभाको अध्यक्षता गर्नुहुने भएको छ ।
यसअघि आज बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने र समर्थन पनि कसैलाई नगर्ने निर्णय गरेको थियो ।