मोदीलाई ओलीको सुझावः ‘थाँती मुद्दा सुल्झाउने बेला आयो’

काठमाण्डौँ, ७ माघ (जागरण) । प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई देशबीच थाँती रहेका मुद्दा पनि सुल्झाउने बेला आएको बताउनुभएको छ ।

काठमाण्डौँबाट नेपालका प्रधानमन्त्रीसहितको प्रतिनिधि मण्डल । फोटोः प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय ।

मोरङको विराटनगरस्थित एकीकृत जाँच चौकीको भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मित्रताका आधारमा काम गरिएमा दुई पक्षीय सम्बन्ध थप उचाइमा लैजान सकिने बताउनुभयो । प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणका लागि निम्तो पनि दिएका छन् ।

नयाँ दिल्ली भारतबाट भारतीय प्रधानमन्त्रीसहितको प्रतिनिधि मण्डल । एजेन्सी ।

दुई देशबीचको सम्बन्ध नयाँ उचाईंमा पुगेको दावी गर्दै प्रधानमन्त्री ओलीले आगामी भ्रमणमा दुई देशबीच थाँती रहेका सबै विषय सम्वादबाट हल गर्न अवसर मिल्ने बताउनुभयो ।