सुर्खेत, ३१ वैशाख (जागरण) । स्थानीय सरकार अन्तर्गत जागरण एफ. एम. र www.jagaran.com.np ले कर्णाली प्रदेशका स्थानीय सरकारले गरिरेहका काम, आगामी योजना, खेप्नुपरेका चुनौतिलाई समेटेर विभिन्न सामग्री प्रसारण र प्रकाशन गर्दै आएका छौँ । यसैक्रममा जागरणकर्मी प्रभा रावतले सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनसँग कुराकानी गर्नुभएकाे छ ।
प्रश्ताेताः एक वर्षभित्र तपाईँले गर्नुभएको मध्ये मुख्य तीन काम के के हुन् ?
पाहुनाः भौतिक पु्र्वधारलाई प्राथमिकतामा राखेर काम गरेका छौँ । जहा विद्यालयका भवन निमार्ण तथा खानेपानीको समस्यालाई समाधान गर्नको लागी काम गरेका छौँ । हिजो सुरु गरेका केही बाटाहरुको स्तरोन्ती गर्ने गरेका छौँ ।
प्रश्ताेताः तपाइकाे एकवर्ष कतिको उपलब्धि मुलक भयो ?
पाहुँनाः उपलब्धि मुलक नै भएको छ । काममा हिलो सुस्ती हुने जस्ता क्रियाकलाप अन्त्य भएका छन् । हामी निर्वाचन भएर आएदेखि करिब ८० प्रतिशत काम सम्मपन्न भैसकेको छ ।
प्रश्ताेताः अागामी चार बर्षका लागी योजना के कस्ता छन् ?
पाहुनाः आगामी चारबर्षको लागी हामीले विशेषगरि सडक सञ्जाल जोड्ने , खानेपानी को समस्यालाई समाधान गर्ने र हरेक वडामा विजुली बत्ति पु¥याउने लक्ष राखेका छौँ । यि योजना मध्ये विषेश योजनामा हामीले शिक्षालाई राखेका छौ जहा आर्थिक अभाबका कारणले कुनैपनि बालबालीका शिक्षाको पहुँचबाट बञ्चिब हुन नपरोस ।
प्रश्ताेताः पाइको कार्यकालमा कपुरकोट गाउपालिकालाई कस्तो बनाउने योजनामा हुनुहुन्छ ?
पाहुनाः हाम्राे कार्यकालमा कपुरकोटलाई नमुना गाउपालिका बनाउने लक्ष्यमा छौँ । कृर्षिपर्यटन क्षेत्रबनाउने योजना बनएका छौँ । अबको पाँच बर्षमा हामीले यहाको सर्बसाधारणको जिवनस्तरलाई माथी उकास्नको लागी हामीले ब्यबसायिक बेमौसमी कृर्षिखेती गरेर बाहिर निर्यात गर्ने योजना बनाएका छौँ ।
प्रश्ताेताः यसरी काम गर्ने क्रममा कस्ता खालको चुनौतिहरु छन् ?
पाहुनाः गाउपालिकामा काम गर्दा ऐनकानुन बनाउन ढिलाई हुँदा काम गर्न कठिनाइ भएको छ ।