काठमाण्डौँ, ८ माघ (जागरण) । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले पुलिसलाई १–० गोल अन्तरले हराएको हो ।
पुलिसमाथिको जितसँगै मछिन्द्रले लिगमा पाँचौं जित हात पारेको छ । मछिन्द्रले ८ खेलमा १६ अंक जोडेको छ । र, शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ ।
गोल अन्तरले पछि परेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ । पुलिसले ८ खेलमा ११ अंक जोडको छ । लिगमा तेस्रो हार व्यहोरेको पुलिस छैटौं स्थानमा रहेको छ ।