विश्वकपमा नेपालले सिधै ग्लोबल छनोट खेल्ने

काठमाडौं, १० माघ (जागरण) । भारतमा आयोजना हुने सन् २०२१ को आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले सिधै ग्लोबल छनोट खेल्ने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकपका लागि आज निकालेको रोडम्याप अनुसार नेपालले सिधै ग्लोबल छनोट खेल्ने मौका पाएको हो ।
आईसीसीको जनवरी १ मा सार्वजनिक भएको टी ट्वान्टी वरियताका आधारमा नेपाल सिधै ग्लोबल छनोटका लागि छनोट भएको हो । नेपालसंगै जिम्बाबे, हङकङ र युएईले सिधै ग्लोबल छनोटमा स्थान बनाएका छन् ।