सुर्खेत, १० माघ (जागरण) । कर्णालीको पहिलो प्रदेश विकास परिषद् बैठक आज हुने भएको छ । कर्णाली प्रदेशको योजना आयोगले निर्माण गर्न लागेको पहिलो पञ्चवर्षिय गुरुयोजनाको मस्यौदा माथि छलफल गर्न परिषद् बैठक हुन लागेको हो ।
बैठकमा कर्णाली प्रदेशका १० जिल्लाका ७९ ओटै स्थानीय तहका प्रमुख तथा प्रदेश सरकारका सबै मन्त्रीहरुले गुरुयोजनाको मस्यौदामाथि छलफल हुने प्रदेश योजना आयोगले जनाएको छ ।
छलफल गरी मार्गदर्शन प्राप्त गर्न विकास परिषद वैठक आव्हान गरिएको प्रदेश योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुन्यप्रसाद रेग्मिले अनलाइन जागरणलाई जानकारी दिनुभयो ।
प्रस्तुत गरिएको आधार पत्र माथि उठेका सुझाव तथा मार्गदर्शनलाई समेटेर प्रदेश सरकारसँग प्रस्तुत गरिने र सरकारले स्विकृत गरिसकेपछि आधिकारिक योजना बन्ने उपाध्यक्ष रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार अहिले समग्र कर्णालीको अवस्था र अबको ५ देखि १० वर्ष सम्मको विकास गन्तव्य तथा २५ बर्ष पछिको सोचका साथ पञ्चबर्षिय गुरुयोजना तयार गरिने छ ।
रेग्मीले कर्णाली प्रदेशको विकासको प्रमुख सम्भावना जनविद्युत नै भएकाले जलविद्युतका क्षेत्रमा लगानी गरे प्रदेश सरकारले राम्रो उपलब्धी हाँसिल गर्न सक्ने बताउनुभयो ।