सुर्खेत, १२ माघ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ मा आयोजना भएको प्रथम नगरस्तरीय गोजुरियो कराँते प्रतियोगिता सकिएको छ ।
सोसियल एकेडेमीले तेस्रो त्रैमासिक परिक्षाको अवसरमा एक हप्ता सम्म सञ्चालन भएको प्रतियोगितामा २२ विद्यालयको सहभागिता थियो ।
जसमा फाइटतर्फको गोल्ड मेडल सवैभन्दा धेरै भैरव माध्यमिक विद्यालयले जितेको छ । भैरवले १० गोल्ड, सोसियल एकेडेमीले २, साउथ एशियन स्कलर्श एकेडेमी र लिवरल एजुकेशनल एकेडेमीले १–१ गोल्ड मेडल हात पारेका छन् ।
सिल्भरतर्फ पनि भैरव माध्यमिक विद्यालयले नै बढी मेडल प्राप्त गरेको छ । भैरवले ६, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय करेखोलाले ४, साउथ एशियनले ३, सोसियलले २, अरनिको बोडिङ स्कूल र इन्टरनेशनल कोअप्रेटिभ माध्यमिक विद्यालयले १–१ सिल्भर्स हात पारेका छन् ।
यस्तै बाउन्जतर्फ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय करेखोलाले ९, हार्भेष्टमूनले ४, भैरव माध्यमिक विद्यालयले २ र अरनिकोले २ तथा साउथ एशियन, यज्ञपिस र जन नमूना माध्यमिक विद्यालयले १–१ हात पारेका छन् ।