‘एक स्थानिय तह–एक अस्पताल’ कार्यान्वयन सुस्त

नन्द कठायत ।
सुर्खेत, १५ माघ (जागरण) । नेपाल सरकारले अघि सारेको एक स्थानिय तह एक अस्पताल बनाउने नीति कर्णाली प्रदेशमा कार्यान्वयनको गति सुस्त भएको छ ।
अघिल्लो आर्थिक वर्षदेखि लागू भएको नीतिअनुसार एउटा स्थानिय तहमा कम्तिमा १५ शैय्याको अस्पताल स्थापना गर्ने भनिए पनि कर्णाली प्रदेशमा भने भर्खर सम्भाव्यता अध्ययन शुरु भएको हो ।
नेपाल सरकारले प्रदेश सरकारलाई जानकारी गराएर स्थानिय तहसँग समन्वय गरी अस्पताल स्थापना गर्ने भनिए पनि कार्यान्वयन अघि बढेको छैन । नीति सार्वजनिक भएयता कुनै पनि स्थानिय तहमा अस्पताल निर्माणको काम अघि बढेको छैन ।
कर्णाली प्रदेशको सामाजिक मन्त्रालयले दिएको जानकारीअनुसार संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णालीमा सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
अहिले संघिय सरकारले प्रदेशमा पहिले रहेका दुई सय १५ वटा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा अध्ययन गरिरहेको र छिट्टै कार्यान्वयनको प्रक्रियामा जाने कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगको स्वास्थ्य सेवा महाशाखा जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले बताउनुभयो ।
उहाँकाअनुसार संघिय सरकारले जग्गा, भौगोलिक क्षेत्रको अवस्थाका बारेमा अध्ययन गरिरहेको छ । यसै आर्थिक वर्षदेखि कार्यान्वयन अघि बढाउने गरी काम भइरहेको उहाँले दावी गर्नुभयो ।

 

 

तस्वीरः थाहा