सुर्खेत, १५ माघ (जागरण) । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) वीरेन्द्रनगर नगर कमिटी सुर्खेतले जिम्मेवारी बाँडफाँड टुङ्गो लगाएको छ । नेकपा वीरेन्द्रनगर नगर कमिटीको आज बसेको पूर्ण बैठकले पाँच सदस्यीय कार्यालय टिमको गठन गरेको छ ।
नगर अध्यक्ष गंगराम तिमिल्सेना, सचिव गणेश कुमार वली, निलकण्ठ खनाल, टोप बहादुर बस्नेत र चक्र बहादुर रावत कार्याालयका सदस्य रहनुभएको छ ।
यसैगरी २५ सदस्य सचिवालय समिति पनि गठन गरिएको नेकपाका नगर कमिटी अध्यक्ष गंगराम तिमिल्सेनाले जानकारी दिनुभयो ।
बैठकले नगरको वडा नम्बर १ मा टिका अधिकारी अध्यक्ष र जनक खड्का सचिव, २ मा धर्मराज रोकाय अध्यक्ष र हिरालाल सुनार सचिव, ३ मा सुर्य थापा विक्रम अध्यक्ष र आमे भारती सचिव, ४ मा वाग्मती गुरुङ अध्यक्ष र दिपे सार्की सचिव, ५ मा गणेश बहादुर शाही अध्यक्ष र लोक बहादुर शाही सचिवमा चयन गरेको छ ।
यसैगरी ६ नम्बर वडामा खडानन्द कँडेल अध्यक्ष र प्रेम रावत सदस्य, ७ मा टोप बहादुर बस्नेत अध्यक्ष, मञ्जु राना सचिव, ८ मा देवि पौडेल अध्यक्ष र खडानन्द दर्लामी सचिव, ९ मा पर्श बहादुर शाही अध्यक्ष र भीम गुरुङ सचिव, १० मा चन्द्र पूरी अध्यक्ष र निरक ओली सचिव चयन हुनुभएको छ ।
यसैगरी वडा नम्बर ११ मा कृष्ण तिवारी अध्यक्ष र गणेश परियार सचिव, १२ मा शेर बहादुर सिंह अध्यक्ष र मधुरानी ढकाल सचिव, १३ मा दिनेश चपाई अध्यक्ष र मदन आचार्य सचिव, १४ मा धिरेन राम्जाली अध्यक्ष र टंक प्रसाद उपाध्याय, १५ मा श्यामलाल अचार्य अध्यक्ष र हरी चपाई सचिव तथा वडा नम्बर १६ मा भुपेन्द्र ज्ञवाली अध्यक्ष र बालाराम सापकोटा सचिवमा चयन हुनुभएको छ ।