महिला कैदीलाई सेनेटरी प्याड

शंकर केसी ।
सल्यान, १५ माघ (रेडियो कपुरकोट) । सल्यान कारागारका महिला कैदी बन्दीहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ । साथै उनीहरुसंगै बस्ने बालवालिकाहरुलाई शैक्षिक सामग्री पनि वितरण गरिएको हो । शारदा नगरपालिकाले कैदीबन्दी र त्यहाँ रहेका बालवालिकाहरुको समस्यालाई मध्यनजर गर्दै सामग्री वितरण गरेको हो ।
नगरपालिकाले कारागारमा रहेका ४ बालबालिकामध्ये विद्यालय उमेर पुगेका दुई बालबालिकालाई अध्ययन गर्न सहयोग पुर्याउने उद्देश्यले एक थान ह्वाइट बोर्ड, तीन दर्जन कापि, कलम र मार्कर वितरण गरेको जनाएको छ । यस्तै कारागारमा रहेका १८ महिला कैदी बन्दिका लागि एक बर्ष सम्म पुग्ने प्याड बितरण गरिएको छ ।
नगर प्रमुख सुरेश अधिकारीले सल्यान कारागारमा रहेका महिला कैदी र उनिहरुका बालबालिकाहरुलाई सहज होस भनेर सामाग्री हस्तान्तरण गरेको बताउनुभएको छ ।