सुर्खेत, १५ माघ (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आउदो फागुन ६ गते देखि १४ गतेसम्म दोस्रो कर्णाली एक्सपो हुने भएको छ ।
कर्णाली प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहआयोजना र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा सुर्खेत उद्योग बाणिज्य संघले एक्सपोको आयोजना गर्ने भएको हो ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले अर्गानिक कर्णाली प्रदेशको विकास र उद्योग, पर्यटन विकासका लागि महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भएको छ ।
उहाँले कर्णाली प्रदेशमा रहेको साना तथा घरेलु उद्योग, कर्णालीका आर्गानिक उत्पादनको प्रदर्शनी सहित कृषि उपजहरुको उत्पादनमा बृद्धि गर्न सहयोग पुग्नेखालका स्टलहरु रहने जानकारी दिनुभएको छ ।
भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र भारीकाअनुसार मन्त्रालयले कर्णाली एक्सपोका लागि विभिन्न शिर्षकमा ४२ लाख खर्च गर्दैछ ।
महोत्सवको सजावटका लागि एक करोडभन्दा बढि खर्च गर्ने तयारी आयोजकको छ । कर्णालीको अर्गानिक कृषि उपजको बजारीकरणका लागि महोत्सवले सघाऊ पु¥याउने अपेक्षा आफूहरुले गरेको भारीको भनाई छ ।
महोत्सवबाट संकलित रकमको केही प्रतिशत व्यापारीको सामुहिक हितको लागि स्थापना गरिएको अक्षयकोषमा जम्मा गरिने जनाइएको छ । केही रकम सडक मानवको व्यवस्थापन गरिरहेको निकायलाई प्रदान गरिने सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ ।