राष्ट्रपति रनिङ्ग शिल्डका लागि छनोट शुरु

सुर्खेत, १७ माघ (जागरण) । सुर्खेतको वीरेन्द्रननगर नगरपालिकाले फागुनमा हुने राष्ट्रपति रनिङ शिल्डमा भाग लिने खेलाडी छनोट प्रक्रिया सुरु गरेको छ ।
नगरपालिका भित्र रहका करिव १८ वटा विद्यालयका कक्षा १२ सम्म अध्यनरत विद्यार्थिहरुलाई छनोटको लागी सुर्खेतमा विभिन्न खेलहरु भइरहेको खेलाडी सुन्दर पोखेरेलले जानकारी दिनुभयो ।
प्रत्येक खेलबाट २ जना र समुहमा खेलिने खेलको एउटा टिम नै छनोट गरी नगरपालिकाको प्रतिनिधित्व गरी राष्ट्रपति रनिङ शिल्डमा भाग लिने भएको उहाँले बताउनुभयो ।
राष्ट्रपति रनिङ शिल्डमा एक सय मिटर देखि ३ हजार मिटर सम्मको दौड प्रतियोगीता हुने भएको छ भने हाईजम्प, लङ्गजम्प लगायतका खेलका लागि खेलाडी छनोट गरिने छ ।