सुर्खेत, १७ माघ (जागरण) । समाज जागरण केन्द्र (स्याक) नेपाल र जागरण एफ. एम सुर्खेतको आयोजनामा भोली लेकवेशी नगरपालिकाको दशरथपुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
समाज जागरण केन्द्र स्याक नेपालको रजत महोत्सवको अवसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर हुनेको हो । शिविरमा छात्ती, मुटु, रक्तचाप, थाइराट, सुगर, मृगौला, ग्यास्ट्रिक तथा नशारोग सम्बन्धि रोगका विषेशज्ञ डाक्टरद्वारा उपचार हुने भएको छ ।
शिविरमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेन्ट प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर केशर ढकाललगायतका विशेषज्ञ डाक्टरहरुबाट रोगको उपचार हुनेछ ।