अर्को दुर्घटनाः एकको मृत्यु, १४ घाइते

सुर्खेत, २१ माघ (जागरण) । सुर्खेतमा आज भएको बोलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश १५००१ ज ००१५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा अरु १४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बराहताल गाउँपालिका ९ का ७४ वर्षीय दशरथ शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रवि रावलले बताउनुभयो ।
त्यस्तै, घाइते हुनेहरूमा पूर्णिमा सुनार, रेविका सुनार, गौरी शाही, टोपेन्द्र मगर, एलिसा सुनार, करिस्मा सुनार, मोहनसिंह पुलामी, सिर्जना थापा, सुन्नु सुनार, तेजेन्द्र रोकाया, तुलबहादुर सुनार, कल्पना ठाकुर र अमृता सुनार रहेको सुर्खेत प्रहरीले जनाएको छ ।
घाइतेहरूको उद्दारपछि कर्णाली प्रदेश अस्पताल र निजी नर्सिङ होममा उपचार भइरहेको छ । जीप वीरेन्द्रनगर १४ फेदखोलामा दुर्घटना भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।